२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
baahrakhari.com · Wed Jun 24 01:54:45 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
उक्त अवधिमा रु पाँच अर्ब ६५ करोड बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् ।
सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् । रासस
#आयात
#विद्युतीय सवारीसाधन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ