सेयर बजार निरन्तर गिरावट
kendrabindu.com · Wed Jun 24 02:03:27 GMT 2026

काठमाडौं । पछिल्ला केही दिनदेखि सुस्ताएको सेयर बजारमा मंगलबार पनि सोही प्रवृत्ति दोहोरिएको छ। सोमबार साढे १ अंकले घटेको नेप्से मंगलबार २६.१६ अंकले घटेको छ। यससँगै समग्र नेप्से २ हजार ६ सय ७४.४८ अंकमा ओर्लेको छ।
मंगलबारको गिरावटपछि नेप्से २ हजार ७ सय अंकभन्दा तल ओर्लेको छ। यो पछिल्लो साढे दुई महिनायताकै न्यून हो। यसअघि २२ चैत २०८२ मा नेप्से २ हजार ६ सय ७६.६८ अंकमा थियो। त्यसयता नेप्से बढेर २ हजार ८ सय ६६ अंकमा पुगे पनि पुनः घटेर २७ देखि २८ सयको बीचमा रहिरहेको थियो। नेप्से निरन्तर घट्न थालेपछि मंगलबार फेरि २ हजार ७ सयभन्दा तल ओर्लेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ