मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

सहारा युकेको अध्यक्षमा गुरुङ निर्वाचित

nepalipatra.com · Sun Dec 19 02:35:25 GMT 2021

लण्डन । सहारा यूकेको अध्यक्षमा ले.री. कुसाङ गुरुङ निर्वाचित भएका छन्। शनिबार भएको सहारा यूकेको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले आगामी दुई वर्षका लागि कुसाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमिति उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा वाचस्पती रेग्मी, कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ चयन भएका छन्। त्यस्तै, सहारा एफसी चेयरमेनमा शारदा गुरुङ, सहारा एफसीको सिइओमा क्या.री. पिताम्बर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र युवा खेलकुद संयोजकमा सन्दीप उपाध्यायलाई सर्वसम्मत निर्वाचित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)