मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेका ११ जना पक्राउ, २ लाख नगद बरामत

nagariknews.nagariknetwork.com · Sun May 31 06:25:32 GMT 2026

उदयपुरको सदरमुकाम गाईघाटमा भित्रभित्रै व्यावसायिक जुवातास मौलाउँदै गएको पाइएको छ। बेलाबेलामा प्रहरीले छापा मारेर सतर्क गराए पनि दिन दिनै जुवातास खेल्ने र खेलाउनेको व्यवसाय मौलाउँदै गएको हो।

शनिबार साँझ उदयपुर प्रहरीले गाईघाट बजारबाट ११ जना जुवाडेलाई नगदसहित नियन्त्रणमा लिएको छ। एक स्थानीयको घरमा लुकिछिपी जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले त्रियुगा नगरपालिका १२ फुलचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय