दिक्तेल रुपाकोट नगरपालिकाले बाँदर धपाउन छुट्यायो ४५ लाख
himalpress.com · Wed Jun 24 02:05:07 GMT 2026

खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो।
नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि रु ४५ लाख छुट्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)