मोरङमा फोहोर व्यवस्थापनको समस्या बढ्दाे
ratopati.com
मोरङको सुन्दरहरैचा नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा फाल्ने गरेको कारणले अहिले समस्या बढ्दै गएको छ । गर्मी याममा नजिकै रहेका बस्तीमा अव्यवस्थित रूपमा फ्यालेर थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउछन्। नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित बनेको छ ।
यस्तै वडा नं ४ मा रहेको गछिया खेला छेउ बडहरामा पनि केही वर्षदेखि फोहोर फाल्ने गरिएको छ । नगरको विराटचोक बजार, खोर्साने, सलकपुर, गोठगाउँलगायत क्षेत्रबाट निस्कने फोहोरलाई जङ्गलमा र गछिया, दुलारी, बाँसबारी, बलियाको फोहोर बडहरामा फाल्ने गरिएको छ । पानी परेको समयमा प्लास्टिक जन्य फोहोर बगाएर किसानको खेतबारी तथा अन्य ठाउँमा पु¥याउने गरेकाले खेतबारीको माटोसमेत प्रदूषित भई उत्पादनमा गिरावट आएर समस्या आउने गरेको सुन्दरहरैचा १० निवासी स्थानीय नगेन्द्र दाहालले बताउनुभयो । उहाँले यो समस्या अन्त्यका लागि कुहिने तथा नकुहिने फोहोर मैला अलग-अलग छुट्याएर उपयुक्त डम्पिङ साइडको विकास गरी फोहोरलाई मोहोरमा परिणत गर्न जरुरी भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)