व्यावसायिक मकै खेतीबाट आम्दानी गर्दै हातेमालो सहकारी
gorkhapatraonline.com · Sun May 31 06:40:08 GMT 2026

अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ। वडा नं. ४ मा रहेको उक्त सहकारीले जिल्लामै नमुना सहकारीका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै आएको सहकारीले यस वर्ष २० रोपनी क्षेत्रफलमा व्यावसायिक मकै खेती गरी उत्साहजनक नतिजा हासिल गरेको हो।
सहकारीले उत्पादन गरेको ताजा हरियो मकैको स्थानीय बजारमा अत्यधिक माग रहेको छ। मकै उत्पादन सुरु भएसँगै ग्राहकहरू प्रत्यक्ष रूपमा खेतमै पुगेर खरिद गर्ने गरेका छन्। सहकारीका अनुसार हालसम्म करिब ४१ हजार रुपियाँ बराबरको मकै बिक्री भइसकेको छ भने बिक्री प्रक्रिया अझै जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)