‘आ बाट आमा २’को स्टारकास्ट पूरा, मलिका महतको प्रवेशसँगै तीन हिरोइन फाइनल
kalakarmi.com · Sun May 31 06:43:42 GMT 2026

काठमाडौं– निर्देशक चन्द्र पन्तको बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा–२’ को कलाकार चयन प्रक्रिया लगभग पूरा भएको छ । निर्माण टिमले अभिनेत्री मलिका महतलाई अनुवन्धित गरेसँगै फिल्मका तीनै जना मुख्य अभिनेत्रीको लाइनअप पूरा भएको हो ।
यसअघि रिस्ता गुरुङ तथा निकिता आचार्य अनुवन्ध भइसकेका थिए भने अब मलिकाको आगमनसँगै फिल्मको अभिनेत्री टिम पूर्ण बनेको छ । मलिकाको प्रवेशले दर्शकमाझ उत्साह थपिएको छ, विशेषगरी अभिनेता पल शाहसँग उनको सम्भावित जोडीबारे चर्चा प्रारम्भ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)