संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
nepalsamaya.com · Wed Sep 16 01:21:00 GMT 2026

काठमाडौं- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ।
यस्तै, अपराह्न १:१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)