भोटेकोशी विपद्मा अन्तर्राष्ट्रिय सहायता : ड्रोनदेखि डीएनए परीक्षण किटसम्म
annapurnapost.com · Wed Sep 16 01:14:03 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढी र पहिरोपछि सिर्जित आपतकालीन विपद्मा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार भदौ २५ गतेसम्म विभिन्न १३ मुलुक तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट कुल ४ सय ५१ प्रकारका राहत सामग्री नेपाल आइपुगेका छन्। प्राप्त सामग्रीहरूमा जीवनरक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्यान्न, त्रिपाल, कम्बल, सरसफाइका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)