विद्युतीय सवारीमा बढ्दो आकर्षण, ११ महिनामा २५ अर्बभन्दा बढीका सवारी आयात
shilapatra.com · Wed Jun 24 02:11:00 GMT 2026

चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारी साधन आयात भएका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका हुन् ।
उक्त अवधिमा पाँच अर्ब ६५ करोड रुपैयाँबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् ।
सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँबराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारी साधन भित्रिएका छन् ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
०७:५६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)