च्याम्पियन्स लिगमा पीएसजीको जितपछि पेरिसमा भीषण दंगा : ४१६ जना पक्राउ, सात प्रहरी घाइते
nagariknews.nagariknetwork.com · Sun May 31 06:37:22 GMT 2026

पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले युरोपियन च्याम्पियन्स लिगको उपाधि चुमेको भन्दै विजय उत्सव मनाउँदा फ्रान्समा सयौँ जना पक्राउ परेका छन्।
हंगेरीको राजधानी बुडापेस्टमा शनिबार राति भएको फाइनल खेलमा आर्सनलविरुद्ध पीएसजीले पेनाल्टी सुटआउटमा सनसनीपूर्ण जित हात पारेको थियो। त्यसपछि फ्रान्सभर फुटबल प्रशंसक र प्रहरीबीच हिंसक झडप भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। विजय उत्सव दंगामा परिणत भएपछि प्रहरीले फ्रान्सभरिबाट ४१६ जनालाई पक्राउ गरेको छ। जानकारी अनुसार राजधानी पेरिसबाट मात्रै २८० भन्दा बढी पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)