मुगुमा चार घण्टाभित्र दुईपटक भूकम्प
gorkhapatraonline.com · Wed Sep 16 01:25:29 GMT 2026

मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा स्थानीय म्याग्निच्युड ४.५ को भूकम्प गएको हो।
त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु मुगुको कालै आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)