मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रैथाने बालीको प्रशोधन अझै परम्परागत प्रविधिमै

gorkhapatraonline.com · Wed Jun 24 02:16:47 GMT 2026

हुम्लामा उत्पादन हुने रैथाने बालीको प्रशोधन अझै पनि परम्परागत प्रविधिबाट गर्नुपर्ने बाध्यता रहेको छ। यी बाली प्रशोधनका लागि आधुनिक प्रविधि भित्रिन नसक्दा किसान र स्थानीय महिलाले परम्परागत शैलीमै काम गर्दै आएका हुन्।

जिल्लाभर उत्पादन हुने चिनो, कागुनो, तिते फापर, मिठे फापर, उवा र जौजस्ता रैथाने बालीको प्रशोधन स्थानीय परम्परागत प्रविधिबाट गरिँदै आएको सिमकोट गाउँपालिका–२ की जानकला भण्डारीले बताउनुभयो। उहाँका अनुसार यो काम विशेषगरी महिलाले गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)