लेबनानको प्रमुख शहर नाबातियेहतर्फ पस्यो इजरायली सेना
annapurnapost.com · Sun May 31 06:47:52 GMT 2026

इजरायल : इजरायली सेना सन् २००६ यता पहिलो पटक दक्षिणी लेबनानको लिटानी नदी पार गर्दै अगाडि बढेको छ । अहिले दक्षिणी लेबनानको प्रमुख शहर नाबातियेहलाई चारैतिरबाट घेर्ने तयारीमा रहेको जनाइएको छ । शनिबार लेबनानी सेनाका उच्च स्रोतहरूले टर्कीको सरकारी समाचार संस्था अनादोलु एजेन्सीलाई दिएको जानकारीअनुसार इजरायली फौजले लिटानी नदी पार गरेको छ ।
इजरायलले यस क्षेत्रलाई आफ्नो अनौपचारिक सुरक्षा बफर जोनको सीमारेखा मानेको छ । हाल इजरायली सेना नाबातियेह शहरको बाहिरी क्षेत्रमा पुगेको बताइएको छ । दक्षिणी लेबनानको अर्थतन्त्र र सांस्कृतिक गतिविधिका लागि महत्वपूर्ण मानिने यो शिया बहुल शहर इजरायली नियन्त्रणमा पुगेमा लेबनानविरुद्धको युद्ध र त्यसपछिको युद्धविराम प्रक्रियामा ठूलो मोड आउने विश्लेषण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)