सुरु भयो इन्द्रजात्राको चहलपहल
gorkhapatraonline.com · Wed Sep 16 01:38:48 GMT 2026

इन्द्रजात्रा (येँया पुन्ही) को अवसरमा हरेक वर्ष लिङ्गो तानेको, उठाएको र ढालेको हामीले देख्दै आएका छौँ । येँया पुन्हीमा हनुमानढोकामा ३६ हात लामो लिङ्गो उठाउने परम्परा रहेको छ । जुन लिङ्गो भक्तपुरबाट ल्याउने गरिन्छ । येँया पुन्हीमा गाडिने लिङ्गो बन्दोबस्तको जिम्मा केन्द्रीय मानन्धर सङ्घले लिएको हुन्छ । मानन्धर सङ्घले हरेक वर्ष भक्तपुरको चित्तपोलबाट रुख काटेर ल्याउने गर्दछ ।