रास्वपाले सरकारका कामबारे जनतालाई जानकारी गराउन सांसदलाई आफ्नो क्षेत्रमा पठाउने
annapurnapost.com · Wed Jul 15 12:04:49 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने भएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरु आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिएका हुन् ।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए । सरकारले काम नै नगरेको हो कि भन्ने भ्रम वा भाष्य निर्माण गर्न केही तत्वहरू तत्पर देखिएकोे भन्दै उहाले पार्टीले त्यसलाई चिर्दै अघि बढ्ने उल्लेख गरे । सुशासन र जनपक्षीय काममा सरकारले धेरै ठुलो प्रगति गरेकाले त्यसलाई जनतामाझ पु¥याउन आवश्यक रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)