मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनमा काठमाडौं प्रहरी परिसरबाट भागेका दुईजना पक्राउ

barnanmedia.com · Wed Jun 24 02:25:48 GMT 2026

जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट फरार दुईजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ शनिश्चरे नगरपालिका–९ का २९ वर्षीय ज्ञानेन्द्र खडका तथा बारा परवानीपुर गाउँपालिका–२ का ३० वर्षिय खडानन्दप्रसाद यादव रहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट फरार उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र मातहत कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय