विपत्तिपछि कूटनीति : कोप–३१ मा के छ नेपालको तयारी ?
annapurnapost.com · Wed Sep 16 01:34:19 GMT 2026

काठमाडौं : कृषि, वन तथा वातावरण मन्त्रालय आगामी विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालको पक्षमा निर्णय गराउने कसरतमा लागेको छ। मन्त्रालय विगतमा भन्दा थप गतिमा, थप बल लगाएर नेपालको पक्षमा निर्णय गराउने काममा लागेको बताएको छ।
जलवायु सम्मेलनमा विगतमा पनि पर्वतीय मुद्दा, हानि–नोक्सानी, अनुकूलनजस्ता मुद्दाहरू नेपालले उठाउँदै आएको थियो। तर विगतभन्दा अहिलेको अवस्था फेरिएकाले नेपालको पक्षमा निर्णय आउने गरी काम गर्नुपर्ने मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताए। ढकालले भने, ‘भोटेकोशीमा आएको आकस्मिक बाढीको मुद्दा व्यापक रूपमा उठ्यो। यस घटनाले फास्ट ट्र्याकमा प्रक्रिया पूरा गरेर क्षतिपूर्तिबापतको जलवायु वित्त माग्ने आधार तय गर्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)