आईओसीबाट खरिद मूल्य बढेर आए पनि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत्
corporatenepal.com · Wed Sep 16 01:40:58 GMT 2026

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि साबिककै बिक्री मूल्य कायम राख्ने निर्णय गरेको छ। भोटेकोसी बाढीपछि उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले मूल्य समायोजन नगर्ने निर्णय गरेको हो । निगमको यो निर्णय भदौ ३१ गतेदेखि लागू भएको छ।
निगमका अनुसार भदौ ३० गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १२ रुपियाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपियाँ ६८ पैसा बढेर आएको थियो। अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)