मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यास नगरपालिकाद्वारा जलचर ऐन कार्यान्वयनको घोषणा

gorkhapatraonline.com · Wed Jun 24 02:39:01 GMT 2026

तनहुँको व्यास नगरपालिकाले स्थानीय जलसम्पदा र जलीय जैविक विविधताको रक्षाका लागि कडा कदम चाल्ने भएको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका नदी, ताल, पोखरी तथा तलैयामा पाइने जलचर र जलीय जैविक विविधताको संरक्षणमा सहयोग गर्न नगरवासीलाई अपिल गर्दै कानुनी प्रावधान उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

जलस्रोत र जलचरमा आश्रित समुदायको जीविकोपार्जन प्रवद्र्धन गर्ने तथा जलचक्रसँग जोडिएको सांस्कृतिक अन्तरसम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले नगरपालिकाले “व्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन, २०८१“ जारी गरिसकेको जनाएको छ । नेपालको संविधानको धारा २२६, जलचर संरक्षण ऐन, २०१७ को दफा ५ (ग) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम यो कानुन निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय