मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छल्दी-इन्द्रेगौडा सडक बन्द गरेर स्तरोन्नतिको काम गरिँदै

onlinekhabar.com · Wed Jun 24 02:33:41 GMT 2026

१० असार, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ स्यालामा रहेको छल्दी (पनाहा)–इन्द्रगौडा सडक बन्द गरेर स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ । ७ करोड २३ लाख ३५ हजार ७ सय ९२ रुपैयाँ ९२ पैसाको लागतमा सञ्चालन भइरहेको योजनाअन्तर्गत हाल सडकको जोखिमपूर्ण स्थानमा ढुंगा कटिङ तथा चौडा बनाउने काम भइरहेको छ ।

सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत सञ्चालित योजनामा बरुण-पूर्णचण्डी-ड्रामा जेभी, पाल्पाले निर्माणको जिम्मा लिएको छ । योजनाअन्तर्गत सडकको चेनिज ०+९४० देखि १+१४० र ४+२०० देखि ८+९६० सम्मको खण्डमा स्तरोन्नति गरिनसडक पूर्वाधार विकास कार्यालय गुल्मीका इन्जिनियर लेनिस देवले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)