मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन क्षेत्र कठिन परिस्थितिमा

barnanmedia.com · Tue Sep 09 21:29:44 GMT 2025

काठमाडौँ, २५ भदौः पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् ।

“जेनजीका मागहरु सम्बोधन गर्न एकपल पनि ढिला गर्नुहुन्न र देशलाई अरु थप क्षति हुनबाट जोगाउनु आवश्यक भइसकेको छ, अब उपरान्त ध्वंशको बाटो सदाका लागि अन्त्य हुनुपर्छ”, विज्ञप्तिमा भनिएको छ । जेनजीका माग सम्बोधन गर्नेगरी निश्कलंक र सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न र देशमा अभिलम्ब शान्ति र अमनचयन कायम गर्न अनुरोध पनि विज्ञप्तिमा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)