मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्लाका ७१ ठाउँमा पहिरोको उपचार

barnanmedia.com · Tue Sep 09 21:37:55 GMT 2025

भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जिल्लाका ७१ ठाउँमा पहिरो नियन्त्रणका लागि उपचार गरेको छ । पहिरोको जोखिम रहेका ठाउँहरुमा कार्यालयले नियन्त्रणको उपाय अपनाएको हो ।

कार्यालयका प्रमुख दिवाकर पौडेलले पहिरोको जोखिममा रहेका ठाउँहरुको अध्ययन पश्चात् पहिरो नियन्त्रणको काम गरिएको बताउनुभयो । पौडेलका अनुसार ६५ स्थानमा खोला किनार संरक्षण गरिएको छ भने ११ स्थानमा सिचाइँ कुलो संरक्षण गरिएको छ । त्यस्तै १५ वटा पोखरी, तातोपानी कुण्ड र ताल संरक्षणको काम गरिएको पौडेलले बताउनुभयो । सात स्थानमा पानी मुहान संरक्षण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)