मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी कर्मचारीको तलब बढ्दा कुन पदमा कति पुग्यो ?

barnanmedia.com · Sun May 31 07:08:50 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीहरूको तलब वृद्धि गरेको छ । बजेटमार्फत सार्वजनिक गरिएको विवरणअनुसार मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्म सबै तहका कर्मचारीको आधारभूत १० प्रतिशत तलब बढ्नेछ । यससँगै प्रोत्साहन रकम र महँगी भत्ता जोडिएपछि कुल पारिश्रमिक पनि बढ्ने छ ।

नयाँ संरचनाअनुसार हाल ७७ हजार २११ रुपैयाँ आधारभूत तलब बुझ्दै आएका मुख्यसचिवको तलब सात हजार २१ रुपैयाँले बढेर ८४ हजार ९३२ रुपैयाँ पुग्नेछ । प्रोत्साहन रकम आठ हजार ४९३ रुपैयाँ र पाँच हजार रुपैयाँ महँगी भत्ता जोड्दा कुल पारिश्रमिक करिब ९८ हजार ४२५ रुपैयाँ पुग्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)