मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो

ratopati.com · Wed Jun 24 02:50:34 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया र कङ्गो लोकतान्त्रिक गणराज्यबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा जारी खेलमा कोलम्बियाले सुरुदेखि नै बल नियन्त्रणमा राख्दै लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। लुइस डियाज, जेम्स रोड्रिगेजलगायतका खेलाडीले अवसर सिर्जना गरे पनि कङ्गोका गोलरक्षक लियोनल म्पासी र रक्षापंक्तिले मजबुत प्रदर्शन गरे।

पहिलो २० मिनेटमै कोलम्बियाले लक्ष्यतर्फ पाँच प्रहार गरेको थियो, जुन यस विश्वकपमा कुनै पनि टोलीले पहिलो २० मिनेटमा गरेको सबैभन्दा धेरै प्रयास हो। तर ती प्रयास गोलमा परिणत हुन सकेनन्।

कङ्गो लोकतान्त्रिक गणराज्यले पनि केही खतरनाक अवसर सिर्जना गर्‍यो। योआने विस्सा र सेड्रिक बाकाम्बुले कोलम्बियाली रक्षालाई दबाबमा राख्ने प्रयास गरे पनि सफलता हात लागेन।

कोलम्बिया खेलमा हाबी देखिए पनि कङ्गोले रक्षात्मक अनुशासन कायम राख्दै पहिलो हाफ गोलरहित बराबरीमा टुंग्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय