नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वलाई नेपाल फिल्म सोसाइटीद्वारा सम्मान
kalakarmi.com · Sun May 31 07:23:11 GMT 2026

पनौती– नेपाल फिल्म सोसाइटीले नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित नेतृत्वलाई सम्मान तथा शुभकामना प्रदान गरेको छ । पनौती–११, बल्थली, काभ्रेस्थित थुम्की रिसोर्टमा शनिवार आयोजित कार्यक्रममा संघका अध्यक्ष उत्तम केसीसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा उपाध्यक्ष शिवहरि नेपाल वैरागी तथा पूजा गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा तथा सदस्यहरू इन्द्र दोङ खम्बे, चन्द्रकला राई, लभ्ली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल लगायत रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)