मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नसर्ने रोगको जोखिम बढ्दै

gorkhapatraonline.com · Wed Jun 24 02:53:52 GMT 2026

दार्चुलामा नसर्ने रोगका बिरामी हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कमा पछिल्लो समय दार्चुलावासीमा नसर्ने रोग बढ्दै गइरहेको देखिएको हो । २०७८ सालको जनगणना अनुसार दार्चुलाको कुल जनसङ्ख्या एक लाख ३१ हजार ५३६ रहेको छ । स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।

कार्यालयको तथ्याङ्क अनुसार दार्चुलामा हाल नसर्ने रोगका बिरामीको सङ्ख्या आठ हजार २२८ जना पुगेको छ । दार्चुलामा उच्च रक्तचापका बिरामी आर्थिक वर्ष २०८०/८१ मा दुई हजार २६० रहेकोमा आव २०८१/८२ मा बढेर चार हजार १३९ पुगेको छ । यस्तै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीको सङ्ख्या दुई हजार ७६१ रहेकामा हाल बढेर तीन हजार ६६४ पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)