मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मार्कस रासफोर्डले बनाए कीर्तिमान

neplays.com · Wed Jun 24 02:56:00 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत मङ्गलबार बोस्टन स्टेडियममा भएको घानाविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै इङ्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डले फिफा विश्वकपको इतिहासमा वैकल्पिक (सब्स्टिच्युट) खेलाडीका रूपमा दोस्रो धेरै खेल खेल्ने कीर्तिमान बराबर गरेका छन् ।

समूह ‘एल’ को खेलमा घानाविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेसँगै बार्सिलोनाका यी स्टार खेलाडीले विश्वकपमा वैकल्पिक खेलाडीका रूपमा आफ्नो नवौँ उपस्थिति पूरा गरेका हुन् । फिफाको आधिकारिक वेबसाइटका अनुसार रासफोर्डले जर्मनीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी ओलिभर नेउभिलको कीर्तिमान बराबर गरेका छन् ।

यस सूचीको शीर्ष स्थानमा ब्राजिलका डेनिल्सन रहेका छन्, जसले विश्वकप इतिहासमा ११ पटक वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेको कीर्तिमान बनाएका छन् । दुई विश्वकप संस्करणमा गरी रासफोर्डले कुल १२ खेल खेलेका छन्, जसमा १ खेल मात्र सुरुवाती ११ मा परेर खेलेका छन् भने ११ खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय