म्याग्दीका चार पालिकाले बजेट पारित
gorkhapatraonline.com · Wed Jun 24 02:57:20 GMT 2026

हिमाली जिल्ला म्याग्दीका छ स्थानीय तहमध्ये चार वटाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् भने बाँकी दुई पालिकाले बुधबार गाउँसभामार्फत बजेट पारित गर्ने भएका छन्।
जिल्लाको रघुगंगा गाउँपालिकाले असार ४ गते नै नीति, कार्यक्रम तथा बजेट पारित गरेको थियो। गाउँपालिकाले आफू देशमै सबैभन्दा पहिले बजेट पारित गर्ने पालिका भएको दाबी समेत गरेको छ। त्यसैगरी मालिका गाउँपालिकाले असार ८ गते तथा बेनी नगरपालिका र मंगला गाउँपालिकाले असार ९ गते आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट पारित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)