मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

onlinekhabar.com · Wed Jun 24 02:52:56 GMT 2026

१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बिया र डिआर कंगोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

समूह के अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले दबाब बनाएपनि गोल गर्न सकेन ।

पहिलो हाफमा कोलम्बियाले ६६ प्रतिशत बल पवसेसन राखेको थियो । यस्तै कूल १० सट प्रहार गर्दा ६ सट अन टार्गेटमा भएपनि गोल हुन सकेन । कंगोका गोलकिपर लियोनल एमपासीले ६ बचाउ गरे ।

कंगोका गोलकिपरले केही उत्कृष्ट बचाउ गरेका थिए । कंगोले हानेको २ मात्र सट टार्गेटमा रहन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय