आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
nepalnews.com · Wed Sep 16 02:06:21 GMT 2026

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)