हुथी विद्रोहीविरुद्ध लड्न साउदी अरब र इजरायलबी वार्ता
kendrabindu.com · Wed Sep 16 02:09:33 GMT 2026

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डको मध्यस्थतामा साउदी अरब र इजरायलबीच वार्ता भएको छ । वार्तामा साउदी अरबलाई यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट जोगाउने उपायबारे छलफल भएको इजरायली सञ्चारमाध्यम ‘वाला’ले जनाएको छ ।
साउदी अरबको माग मुख्य रूपमा गुप्तचर सहायतामा केन्द्रित थियो । यसको उद्देश्य यस क्षेत्रमा हुथीहरूको सैन्य अवस्थाबारे स्पष्ट जानकारी प्राप्त गर्नु र उक्त समूहले आगामी दिनमा गर्न सक्ने सम्भावित सैन्य कारबाहीको मूल्यांकन गर्नु रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)