इप्सविच टाउनलाई पराजित गर्दै आर्सनल चौथो चरणमा प्रवेश
nepalviews.com · Wed Sep 16 02:12:08 GMT 2026
काठमाडौं । काराबाओ कपको तेस्रो चरणको खेलमा आर्सनलले इप्सविच टाउनलाई पराजित गर्दै चौथो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। आर्सनलको जितमा १६ वर्षीय युवा खेलाडी म्याक्स डाउम्यानले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे।
सुरुवाती टोलीमा पहिलो पटक परेका डाउम्यानले खेलको सातौँ मिनेटमै एबेरेची एजेसँग सहकार्य गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि नोनी मादुएके र मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई फराकिलो अग्रता दिलाए। दोस्रो हाफमा डाउम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको जित पक्का गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)