विद्या भण्डारीले शंकर पोखरेललाई भनिन्–पुनर्गठनको पक्षमा छु, व्यक्तिहरूलाई निषेध नगरौँ
nepalpress.com · Wed Sep 16 02:13:37 GMT 2026

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेकपा एमालेको पुनर्गठन तथा सशक्त पार्टी निर्माणको पक्षमा रहेको भन्दै नेतृत्वदायी व्यक्तिहरूलाई निषेध नगरी अगाडि बढ्न आग्रह गरेकी छन् ।
मंगलबार दिउँसो बालुवाटारस्थित बासस्थानमा महासचिव शंकर पोखरेलसँगको भेटमा उनले त्यसो भनेकी हुन् । भण्डारीको सचिवालयका एक सदस्यका अनुसार काभ्रेको बल्थलीमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक चल्दै गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटका विषयमा एकतर्फी प्रचार गरिएपछि आफ्नो कुरा स्पष्ट पार्न उनले महासचिव पोखरेललाई बासस्थानमा बोलाएकी हुन् । विहान ११ बजे आफैँ पार्टी कार्यालय आउने भनेकी भण्डारीले पछि पोखरेललाई नै आफूकहाँ बोलाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)