मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जैविक सुरक्षा र महामारी पूर्वतयारीका लागि ओपनएआईको नयाँ कार्यक्रम सार्वजनिक

techpana.com · Sun May 31 07:31:46 GMT 2026

काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले जैविक जोखिम, महामारी तयारी र सार्वजनिक स्वास्थ्य सुरक्षा मजबुत बनाउन नयाँ ‘ रोसलिन्ड बायोडिफेन्स ’ (Rosalind Biodefense) कार्यक्रम सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत कम्पनीले जीवन विज्ञान केन्द्रित विशेष एआई मोडेल ‘जीपीटी-रोसलिन्ड’ (GPT-Rosalind) प्रयोग गरेर जैविक सुरक्षा सम्बन्धी अनुसन्धान र तयारीलाई तीव्र बनाउने लक्ष्य राखेको छ । ओपनएआईले याे एआई माेडेल गत महिना सार्वजिनक गरेकाे थियाे ।

ओपनएआईका अनुसार विश्वसनीय डेभलपरहरुलाई जैविक रक्षा (बायोडिफेन्स) र महामारी पूर्वतयारीका नयाँ क्षमताहरू विकास गर्न मद्दत पुर्‍याउने उद्देश्यले ‘रोसलिन्ड बायोडिफेन्स’ कार्यक्रममा पहुँच दिइनेछ । साथै, अमेरिकी सरकार र यस सम्बद्ध केही साझेदारहरूका लागि जनस्वास्थ्य र बायोडिफेन्स मिसनहरूलाई सहयोग गर्न जीपीटी-रोसलिन्डको विश्वसनीय पहुँच विस्तार गरिने पनि कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)