एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित
arthasansar.com

एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएकोे छ। यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलज्यू र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)