खडेरीले सुके नदीनाला
gorkhapatraonline.com · Wed Jun 24 03:07:17 GMT 2026

लामो समयसम्म पानी नपरेपछि कैलालीका नदीनाला सुक्न थालेका छन् । जिल्लाको भजनी क्षेत्रमा बर्सेनि बाढी, डुबानले सयौँ परिवारलाई विस्थापित बनाउने कान्द्रा, काँढा नदी अहिले पूर्ण रूपमा सुकिसकेका छन् । यसै गरी कैलारी गाउँपालिकाको विभिन्न क्षेत्रमा डुबान समस्या निम्त्याउँदै आएको कटैनी नदी पनि पूर्ण रूपमा सुकेको छ । वनक्षेत्रमा रहेका विभिन्न तालतलैयामा पनि न्यून मात्रामा मात्र पानी छ ।
त्यस्तै घुरहा र खुटिया नदीसहित वर्षभरि नै धेरै पानी बग्ने मोहना नदी पनि सुक्ने अवस्थामा पुगेको छ । विगत वर्षमा सुक्खायाममा विभिन्न नदी सुक्ने अवस्थामा पुगे पनि यो वर्षको जस्तो पूरै नसुकेको टीकापुर नगरपालिका–७, बैदीका भोजराज ढुङ्गानाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)