मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

११ जिल्लामा देखियो बर्ड फ्लु

annapurnapost.com · Wed Jun 24 03:03:22 GMT 2026

काठमाडौं

: चरा तथा पन्छीहरूमा लाग्ने अतिसंक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लु अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ।

झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लु देखिएको छ। हालसम्म बर्ड फ्लुबाट प्रभावित भएका ५ लाख ६९ हजार ८ सय ५८ पन्छी र सो क्रममा ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दाना नष्ट गरिएको छ।

कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि खुकुलो बनाइएको डा. दाहालले बताए। पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लु रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शंकास्पद पन्छीहरू नष्ट गरिएको थियो।

झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लु रोगको प्रकोप देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय