सुक्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
kendrabindu.com · Sun May 31 07:41:51 GMT 2026

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)