इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत
lokaantar.com

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा मंगलबार भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ । घाइते चारैजनाको पहिचानसमेत खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१ निवासी २४ वर्षीय नरबहादुरसिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ निवासी ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई–२ टिहुकी निवासी ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर–३ लिपनीमाल निवासी ३२ वर्षीय सरफरोस मियाँ छन् । उनका अनुसार मृतकका शव हेटौँडा अस्पताल ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)