ग्याबिन पर्खालले बस्ती सुरक्षित
gorkhapatraonline.com · Wed Jun 24 03:16:56 GMT 2026

ग्याबिन पर्खाल लगाएपछि बाम्टा गाउँको एउटा सिङ्गो बस्ती पहिरोबाट सुरक्षित भएको छ । खार्पुनाथ गाउँपालिका–५ को ५२ घरधुरीको उक्त बस्ती भिरालो जमिनमा भएका कारण पहिरोबाट जोगाउन पर्खाल लगाएर सुरक्षित बनाइएको थियो । बस्ती आसपासमै पहिरो खस्न थालेपछि बस्तीलाई जोगाउन चालु आर्थिक वर्षमा पर्खाल लगाइएको वडाध्यक्ष भरतजङ्ग शाहीले बताउनुभयो ।
दलित बस्ती भनेर चिनिने भिरालो जमिनमा बनेका पुराना घर आफैँमा जोखिममा थिए । बर्खाको समयमा पहिरो खस्न थालेपछि झनै त्रासमा पर्ने उनीहरू पर्खाल लगाएपछि भने ढुक्कले निदाउन पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)