नेयमार विश्वकपको मैदानमा उत्रिन तयार
shilapatra.com · Wed Jun 24 03:27:00 GMT 2026

ब्राजिलियन फुटबलर नेयमार जुनियर आफ्नो टोलीको आगामी खेलबाट फिफा विश्वकप २०२६ को मैदान उत्रिन तयार भएका छन् ।
जारी विश्वकपका अघिल्लो दुई खेल गुमाएका नेयमार ब्राजिलले भोलि बिहान खेल्ने स्कटल्यान्डविरुद्धको खेलमा सहभागी हुने अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । ब्राजिल र स्कटल्यान्डबीचको खेल बिहीबार बिहान ३:४५ बजे हुँदै छ ।
विश्वकपका लागि अमेरिकामै रहेका मेयमार चोटका कारण मैदानमा उत्रिन सकेका थिए । अमेरिकामा विशेष उपचार र अभ्यासपछि उनी मैदानमा उत्रिन तयार भएका हुन् ।
विश्वकपका १३ खेल खेलेका नेयरमाको नाममा ८ गोल र ४ असिस्ट छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
०९:१२
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा