मानसरोवर जाने बाटोमा पुलको सट्टा ह्युमपाइप
gorkhapatraonline.com · Wed Jun 24 03:30:02 GMT 2026

पवित्र कैलाश मानसरोवर दर्शनका लागि जाने मुख्य बाटो मानिएको लिमीको तलिङ नदीमाथि ह्युमपाइप बिछाएर बाटो बनाएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज हुने भएको छ ।
हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तलिङमा बर्खाकै समयलाई ध्यानमा राख्दै बिछाएका यी ह्य्मपाइपले यो ठाउँमा ठुलो पुलको काम गरेको छ । जिल्लाको लिमी लाप्चादेखि मानसरोवर दर्शनका लागि सोही बाटो हुँदै जान अब सबैलाई सजिलो भएको छ । यतिबेला यहाँ यातायातका साधन सहजै गुड्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)