एक लाख घुस रकमसहित होटलबाट पक्राउ परे नापी सर्वेक्षक
kendrabindu.com · Wed Sep 16 02:48:49 GMT 2026

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह घुस लिएको रकमसहित पक्राउ गरेको छ।
साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। आयोगको टोलीले नापी सर्वेक्षक साहलाई सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट मंगलबार साँझ पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)