भोटेकोसी बाढीसँगै हामी र विश्वले सिक्नुपर्ने पाठ
baahrakhari.com · Wed Sep 16 02:46:57 GMT 2026

भोटेकोसी बाढीले जनधन, पूर्वाधार तथा विकास योजनामा पुर्याएको क्षतिको लेखाजोखा गरी साध्य छैन । बाढीबाट लाखौं मानिस प्रभावित भएका छन् भने १४ सय जतिले ज्यान गुमाएका छन् । साथै, पाँच हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको अनुमान छ । यस्तो दर्दनाक र भयावह अवस्था आइलाग्नु नेपाल र नेपालीका लागि नै दुर्भाग्य हो ।
नेपालका लागि भोटेकोसी बाढी अकल्पनीय प्राकृतिक प्रलय हो । यसको असर र प्रभाव रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म परेको छ । सबैभन्दा बढी असर रसुवा, नुवाकोट र धादिङ जिल्लामा परेको छ । यसले नेपालको आर्थिक, सामाजिक तथा समग्र क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ । साथै, यसले नेपालको विकास र समृद्धिको गतिलाई समेत रोक्ने काम गरेको देखिन्छ । यसले नेपालको गरिबी, पछौटेपन र सामाजिक विकासलाई धेरै पछाडि धकेलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)