मोहरम पर्व शान्तिपूर्ण रूपमा मनाउन प्रशासनको अपिल
gorkhapatraonline.com · Wed Jun 24 03:35:43 GMT 2026

जिल्ला प्रशासन कार्यालय सप्तरीले आउँदै गरेको इस्लाम धर्मावलम्बीहरूको मोहरम पर्व सभ्य, मर्यादित र शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामा मोहरम पर्वको अवसरमा सप्तरीमा बसोबास गर्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै पर्व मनाउने क्रममा सार्वजनिक सडक तथा स्थानमा हातहतियार प्रदर्शन नगर्न, सवारी आवागमनमा अवरोध सिर्जना नगर्न तथा होहल्ला लगायतका अवाञ्छित गतिविधि नगर्न नगराउन अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)