मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परोपकार घाटमा 'अश्लिल हर्कत' गरेको आरोपमा ४ जना पक्राउ

setopati.com · Wed Jun 24 03:32:00 GMT 2026

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित परोपकार घाटमा 'अश्लिल हर्कत' गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।

दाह संस्कार गरिने घाटमा मानिसहरू भेला भएर 'अश्लिल हर्कत' गरेको प्रहरीको भनाइ छ। तीमध्ये २ जना पुरूष निर्वस्त्र रहेका थिए।

विराटनगर ६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरी रामधुनी नगरपालिका ६ का २५ वर्षीय कैलास ढुंगाना, भोजपुर रामप्रसाद राई गाउँपालिका ६ का १८ वर्षीय मानिस काफ्ले र विराटनगर ४ का ४४ वर्षीय छविलाल घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)