आइसियुमा अनधिकृत प्रवेश र भिडियो निर्माणमा पाँच स्वास्थ्य परिषद्को आपत्ति
nepalpress.com · Wed Sep 16 02:25:09 GMT 2026

काठमाडौँ । सघन उपचार कक्ष (आइसियु) तथा अन्य संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरी बिरामीको फोटो, भिडियो खिच्ने र अन्तर्वार्ता लिने कार्यप्रति पाँचवटा स्वास्थ्य व्यवसायी परिषद्हरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद्ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उपचाररत बिरामीको गोपनीयता, स्वायत्तता र मानवीय मर्यादाको ख्याल गर्न अपिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)