रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी
nepalnews.com · Wed Jun 24 03:40:49 GMT 2026

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। उनले भने, “एकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेदवारी परेको छ । आज बिहान ९:०० बजे नामावली प्रकाशन गरिनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)